site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साँझ ६ बजे पुनः वार्तामा बस्दै सत्ता गठबन्धन र लोसपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग वार्ता सुरु भएको छ । दिउँसो सत्ता गठबन्धनसँग छलफलपछि जसपाको आन्तरिक छलफल चलिरहेको छ । 

लोसपाले गठबन्धनमा कति सिट दाबी गर्ने, प्रदेशसभामा कति सिट दाबी गर्नेसहितको विषयमा लोसपा केन्द्रीय कार्यालय बबरमहलमा छलफल भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दिउँसो लोसपा नेताहरु शरदसिंह भण्डारी, अनिल झा र जितेन्द्र सोनार बालुवाटार गएर वार्ता गरेका थिए । वार्ता सकारात्मक भएपछि उनीहरुले अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुलाई सहमतिको प्रस्तावका विषयमा बिफ्रिङ गरेका हुन् । 

“अहिले कुनै ठोस सहमति भएको छैन । तपाईहरुको विचार के छ, गठबन्धनमा आउनुस् भन्नुभयो,” लोसपा नेता अनिल झाले बाह्रखरीसँग भने, “६ बजे पुनः हामी बालुवाटार जाँदैछौँ ।” 

Global Ime bank

नेता झाका अनुसार त्यही बैठकपछि सिट र सहकार्यको टुंगो लाग्नेछ । 

सत्ता गठबन्धन र सरकार दुवैतिर सहभागिता जनाएको जसपाले सत्ता गठबन्धनमा सिट संख्याको बार्गेनिङ नमिलेपछि एमालेसँग वार्ता थालेको थियो । त्यससँगै लोसपा नेताहरु गठबन्धनका दलहरुसँग वार्ता गर्न बालुवाटार पुगेका थिए । 

यसअघि भएको स्थानीय तह निर्वाचनमा लोसपाले एमालेसँग र जसपाले सत्तारुढ पाँच दलीय गठबन्धनसँग सहकार्य गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement