site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महोत्तरीको मटिहानीमा रावण वध उत्सव 
प्रतीकात्मक तस्बिर ।

महोत्तरी । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव सम्पन्न गरिएको छ । वर्षौँदेखिको स्थानीय परम्पराअनुसार विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गरेको प्रतीकात्मक उत्सव मटिहानीमा सम्पन्न भएको हो ।

दशानन् (दश टाउको भएको) अजंगको रावणको प्रतिमालाई श्रीरामले चलाएको तीरले शिर छेदन गरिएको दृश्य देखाएर उत्सव मनाइएको हो । मिथिलामा दसैँ पर्वमा देवी उपासना मुख्य पक्ष भए पनि मटिहानीमा भने रावण वध उत्सवको परम्परा रहँदै आएको छ । विजयादशमीको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यहाँ त्यसै बेला पारेर अजंगको रावण आकृतिलाई तीरले ढालिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मटिहानीमा दसैँ पर्व रावण (दशानन) वधसँगै जोडिएर आएको विश्वास गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दशानन (रावण)माथि विजय प्राप्त गरेको हुँदा दसैँ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउँछन् । बडादसैँ नाउँ पनि ‘वर्जय दश इन्द्रीय बाट बनेको सहप्राध्यापक रायको भनाइ छ ।

रावण वध उत्सव आफ्नो ठाउँको संस्कृति र परम्पराको अभिन्न अंग नै बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । “हामी देवी उपासनामा पनि रमाउँछाँै । यद्यपि, रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो,” उनले भने ।

Global Ime bank

मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजंगको प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजाका साथ जलाशयमा पुर्‍याई गहिरो पानीमा भसाउने (सेलाउने/विसर्जन गर्ने) परम्परा छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय