देश
काठमाडौं । प्रहरीले स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका ३८ वर्षीय निरन्जन कुमार छन् । उनलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार पक्राउ गरेको हो ।
उनी काठमाडौं ब्रम्हटोलस्थित प्रतीक इन्टरप्राइजेजका सञ्चालक समेत हुन् । प्रहरीको अनुसन्धानका क्रममा उनले करिब सात करोड बराबरको क्रिप्टो करेन्सीको कारोबार समेत गरेको खुलेको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ १८:२५
प्रतिक्रिया दिनुहोस्