राजनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैँको टीका ग्रहण गरेकी छन् ।
बुधबार शीतलनिवासमा टीकाको सुभ साइत ११ः५१ बजे राष्ट्रपतिले गुरुहरूबाट टीका ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिले आजै विशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।
विशिष्ट व्यक्तिहरूका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९ १३:२१
प्रतिक्रिया दिनुहोस्