site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बहुसङ्ख्यक नेपालीले मनाउने मुख्य चाड बडा दसैँ सुरु भइसकेको छ । सरकारी वा निजी सबैजसो अड्डा अदालतमा बिदा भइसकेको छ । घर छाडेर बाहिर निस्केकाहरू घर फर्किसकेका वा फर्कने क्रममा छन् । 

हिन्दुधर्मावलम्बीहरूले शक्तिको आराधना गर्ने पर्वका रूपमा मनाए पनि बडा दसैँ नेपालीहरूको साझा पर्व बनिसकेको छ । यसैले अब दसैँ समुदाय वा जाति विशेषको मात्र पर्व होइन ।

Prabhu Bank
Agni Group
NIC Asia

नियमित आय हुने र सम्पन्नहरूका लागि सजिलै भए पनि परम्परागत शैलीमा मीठो खाने र राम्रो लगाउने रहर दसैँमा पूरा गर्न विपन्नहरूलाई मुस्किलै हुन्छ । यसैले त ‘गयो दसैँ रिन बोकाइ’ भन्ने उखानै बनेको छ । 

यसैले दसैँ मनाउने क्रममा पनि ‘घाँटी हेरेर हाड’ निले हुन्थ्यो । तर, समाजमा अरूभन्दा कम हुन सितिमिति कसैको पनि मन मान्दैन । यसैले दसैँ कतिपयका लागि दसा पनि बन्न पुग्छ ।

Global Ime bank

जेहोस्, नेपाली समाजको संस्कृति बन्न पुगेको बडा दसैँ सबैका लागि रमाइलो होस् । यस अवसरमा बाह्रखरी परिवार हाम्रा पाठकहरू, शुभेच्छुक, सहयोगी तथा सहकर्मी सबैको सुख, शान्ति र प्रगतिको कामना गर्छौं । 

बडा दसैँ, २०७९ सबै नेपालीका लागि म‌ंगलमय होस् !    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !