site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराष्ट्रपतिको गुनासो– प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन बस्यो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए ।

पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरू दिनप्रतिदित बढीरहेको बताए । नेपालमा मात्रै नभई विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्निङको समस्या रहेको उनको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

वैज्ञानिकहरूले प्राकृकित स्रोत सम्पदाहरूको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरूले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए ।

पूर्व राष्ट्रपति यादवले प्रकेति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभावजस्ता समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्याहरू समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro