काठमाडौं । कोकाकोला नेपाले सेफ सन्तोष शाहसँग सहकार्या गरेर दसैंँ विशेष पाँचवटा रेसिपीहरु तयार गरेको छ । दसैंँमा विशेष खाइने परिकारहरु सेलरोटी, खसीको पक्कु, आलु/कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको कोकाकोलाले जनाएको छ ।
कोकाकोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोकाकोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् ।
उपभोक्ताहरुले आफूले बनाएको परिकारको भिडियो कोकाकोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्नेमध्ये तीनजना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् ।
यस खालको सहकार्यले दसैँमा परम्परागत स्वादिला खानाहरुका साथै विभिन्न परिकारसाथमा दसैँलाई हर्ष उल्लासका साथ मनाउने सेफ सन्तोष शाहले आग्रह गरे ।
‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिबिम्वित गरेको कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।