काठमाडौं । विश्व बैंक समूहको सदस्य (आईएफसी)ले क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा ग्लोबल आईएमई बैंक लिमिटेडलाई दिने भएको छ । यो आईएफसीको विश्वमै पहिलो ग्रीन ट्रेड फाइनान्स लाइन हो ।
यो सुविधाको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ति गर्ने उद्देश्यले ल्याइएको बैंकको धारणा छ । यस परियोजनाले ग्लोबल आईएमई बैंकलाई बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायु अनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए ।