site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । साओमी नेपालले साओमी स्मार्ट एयर फ्रायरसँगै स्मार्ट टीभीको लाइनअप सार्वजनिक गरेको छ ।

स्मार्ट टीभी लाइनअपमा रेडमी स्मार्ट टीभी एक्स सिरिजअन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेड्मी स्मार्ट टीभी एक्स ४३,  रेड्मी स्मार्ट टीभी ४३ फुल एचडी, एमआई ५ एक्स ४३, साओमी टीभी एक्स–सिरिज एक्स ५५ र एमआई टीभी ५ ए ४३ मीको सबैभन्दा ठूलो प्रिमियम फ्यागसिप टीभी एमआई क्यूएलईडी टीभी ७५ रहेका छन् ।

Agni Group
NIC Asia

एमआई क्यूएलईडी टीभी ७५ ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्ने साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले बताए । नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको उनले दाबी गरे ।

एमआई टीभी क्यूएलईडी ७५ मा विशाल ७५ इन्चको एज–टू–एज डिस्प्ले रहेको छ । ९७ प्रतिशत स्क्रिन–टू–बडीको साथ यो टीभी एल्युमिनियम फ्रेम, लेजर प्रेसिजन र स्यान्डब्लास्टिङको साथ प्रिमियम मेटालिक लुक रहेको छ । 

Global Ime bank

टीभीको पछाडिको भागबाट पनि प्रिमियम डिजाइनका लागि कार्बन फाइबर फिल्मले ढाकिएको छ । यसमा भएको नयाँ प्रिमियम ‘फ्लोटिंग स्ट्यान्ड’ले पछिल्लो फ्ल्यागसिप भन्दा नयाँ लुक दिने कम्पनीले दाबी गरेको छ ।

एमआई क्यूएलईडी टीभी ७५ को मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ र साओमी स्मार्ट एयर फ्रायरको मूल्य १२ हजार ४९९ रुपैयाँ रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय