देश
![भक्तपुरमा १९ वर्षीया किशोरी बलात्कार आरोपमा एकजना पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi21660028414.jpg)
काठमाडौं । भक्तपुरमा १९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–३ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोट तल्लो हाइट बस्दै आएका ३९ वर्षीय जयन्त थापा छन् ।
गएको भदौ २१ गते दिउँसो थापाले ती किशोरीलाई आफ्नै कोठामा लगी बलात्कार गरेर फरार रहेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १७:०९
प्रतिक्रिया दिनुहोस्