site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखर कोइरालासहितको सहमतिमा बन्दसूची तयार पारिएको हो : प्रवक्ता महत
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले समानुपातिकतर्फका उमेदवारको सूची संसदीय समिति (बोर्ड)को सर्वसम्मत निर्णयबाट तयार गरेको बताएका छन् ।

संस्थापनइतर नेता डा. शेखर कोइराला पक्षले समानुपातिकतर्फको उमेदवारको बन्दसूची सार्वजनिक भएपछि ‘विद्रोह’को चेतावनी दिएको छ । प्रवक्ता महतले भने मंगलबार पत्रकार सम्मेलन गरी अहिले बुझाएको सूची उनीहरूसहितको सहमतिमा बुझाएको जिकिर गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेसले यही असोज ३ गते निर्वाचन आयोगमा समानुपातिकतर्फका उमेदवारहरूको बन्दसूची पेस गरेको थियो ।

“...केन्द्रमा आएका नामहरूउपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उमेदवारहरूको नामावली टुंगो लगाइएको हो,” प्रवक्ता महतको लिखित वक्तव्यमा भनिएको छ, “प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारहरूको टुंगो लगाउँदा पार्टीका पदाधिकारीहरूबीच घनीभूत छलफल भएको छ । पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको छ ।”

Royal Enfield Island Ad

उनले जिल्लाका सम्बन्धित निकायबाट उमेदवार सिफारिसमा परेर राजधानीमा आएकाहरूलाई यथार्थलाई आत्मसात् गर्दै पार्टीलाई आसन्न निर्वाचनमा विजयी गराउने संकल्पसहित जिल्ला फर्कन आग्रह समेत गरेका छन् ।

“विजयादशमीको नवरात्र आरम्भ भइसकेकोले साथीहरूलाई आ–आफ्नो गृहजिल्ला पुगी बडादसैँ हर्षोल्लासपूर्वक मनाउन र आ–आफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ,” महतले भनेका छन्, “पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निर्णयानुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रूपमा क्रियाशील हुनुहुन निर्देशन गरेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro