साहित्य
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले तीन दिनमा ११ करोडभन्दा धेरै ग्रस कलेक्सन गरेको छ । नेपाल र भारतसहितका देशबाट तीन दिनमा ११ करोड १८ लाख ग्रस कलेक्सन गरेको निर्माता तथा निर्देशक सन्तोष सेनले दाबी गरेका छन् ।
नेपालमा मात्रै पहिलो दिन शुक्रबार दुई करोड ५ लाख, शनिबार एक करोड ६७ लाख र आइतबार ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सन्तोषको भनाइ छ ।
गत शुक्रबारबाट चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । ‘प्रेम गीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा रिलिज हुने नेपालको पहिलो चलचित्र हो ।
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ २२:१०
प्रतिक्रिया दिनुहोस्