site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय नाटक महोत्सवः १६ देशका २३ वटा नाटक मञ्चन हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशका २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । 

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मण्डला थिएटरको ठूलो हल र केही नाटक बाहिरी परिसरमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र बाँकी अन्तर्राष्ट्रिय कलाकार रहनेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज भएको पत्रकार सम्मेलनमा रंगकर्मी दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव सुरु गरेको बताए । उनले अबको जिम्मेवारी आफूहरुको नै रहेकाले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताए । 

आफू सामाजिक रुपमा तयार रहे पनि आर्थिक रुपमा कठिनाइ रहेको उनले बताए । 

Royal Enfield Island Ad

निर्देशक एवं रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताए । उनले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरूको साझा महोत्सवको रुपमा लिनुपर्ने बताए । 

यस वर्ष ‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव’ भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro