site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विशेष
Global Ime bankGlobal Ime bank
हनुमानढाेकास्थित दसैँघरमा राखियाे जमरा (तस्बिरहरू)
SkywellSkywell

काठमाडाैं । काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा आज विधिवत रूपमा जमरा राखिएको छ ।

20220925161417_IMG_0599_copy_1100x7331664174165.jpg

सोमबारबाट विधिवत रूपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको हो ।

Dabur Nepal
NIC Asia

20220926120721_IMG_0302_copy_1100x7331664174169.jpg

 

हनुमानढोकास्थित दसैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत १०ः२३ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ ।

606A2286_copy_1100x7331664174166.jpg

दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैँघरमा जमरा छर्ने गरिन्छ ।

20220925163135_IMG_0612_copy_1100x7331664174173.jpg

घटस्थापना गर्दा पूजाकोठा वा दसैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ ।

20220926120450_IMG_0294_copy_1100x7331664174169.jpg

नवरात्रिभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ ।

20220926121133_IMG_0310_copy_1100x7331664174173.jpg

नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ ।

20220926105313_IMG_1054_copy_1100x7331664174167.jpg

 

हनुमानढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए । 

20220926120935_IMG_0306_copy_1100x7331664174165.jpg

विशेषतः जमरा जौ को राख्ने गरिन्छ । तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।

20220926120104_IMG_0287_copy_1100x7331664174166.jpg

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro