site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला बास्केटबल टिमको खराब सुरुवात

काठमाडौं । नेपाली महिला बास्केटबल टोली आइतबार राति साबा महिला च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको छ । 

माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा नेपाल सुरुको दुई क्वार्टरमा पछि परेको थियो । तेस्रो क्वार्टरमा पुगेर २ अंकको अग्रता लिन सफल भएको थियो । चौथो क्वार्टरमा पनि नेपाल अन्तिम अवस्थामा पछि परेपछि पराजित भएको थियो । 

पहिलो क्वार्टरमा १६–१४ ले पछि परेको नेपाल दोस्रो क्वार्टर सकिँदा २५–२४ को अवस्थामा थियो । तेस्रो क्वार्टरमा नेपाल ३६–३४ ले अग्रता लिन सफल भएको थियो । तर, निर्णायक क्वार्टरको अन्तिम अवस्थासम्म अग्रता लिन सफल नेपाल खेल सकिँदा भने ४७–५१ ले पराजित भयो । 

साबा महिला च्याम्पियनसिपको यो दोस्रो संस्करण हो । यसअघि २०१६ मा नेपालमै सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो । नेपाल पहिलो संस्करणको उपविजेता टिम हो । त्यतिबेला नेपाल फाइनलमा श्रीलंकासँग पराजित भएको थियो । 

पहिलो संस्करणमा श्रीलंका, नेपाल, माल्दिभ्स, भुटान र बंगलादेशले प्रतिस्पर्धा गरेका छन् । यसपटक बंगलादेशले सहभागिता जनाएको छैन । दक्षिण एसियाका ४ राष्ट्रले प्रतिस्पर्धा गरेको प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइएको छ । 

नेपालले अब दोस्रो खेल असोज ११ गते श्रीलंकाविरुद्ध खेल्नेछ भने अन्तिम खेलमा भुटानसँग असोज १२ गते प्रतिस्पर्धा गर्नेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro