site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महानगरले माग सम्बोधन नगरे आन्दोलन गर्ने स्वरोजगार व्यापार श्रमिक संघको चेतावनी
SkywellSkywell

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले एक महिनाभित्र महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडपर्वलाई लक्षित गरेर निश्चित स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ ।

Dabur Nepal
NIC Asia

स्वरोजगार श्रमिकहरूको व्यवस्थापनका लागि कानुन तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरूलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघको माग छ ।

यस्तै, चाडपर्वलाई लक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकोको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ ।

संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर गुजारा चलाउनेहरूको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरूको आश्रित परिवार समेत गरी करिब दुई लाखजना रहेका छन् ।

संघले गएको भदौ ३० गते आफ्नो समस्याबारे महानगरमा ध्यानाकर्षणपत्र बुझाइएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu