site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

अर्थ मन्त्रालयले अहिले पनि बजेटमा नभएका योजनालाई निकासा दिएको हो भने त्यो निर्वाचनमा हस्तक्षेप हो । यसैले चुनाव घोषणा भइसकेपछि पनि राजनीतिक स्वार्थका लागि राज्यको ढुकुटी दोहन गर्न सघाउने कर्मचारीलाई पनि निर्वाचन आयोगले कारबाही गर्नुपर्छ ।

सत्तारुढ दलका केही प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा बजेटमा समावेश नभएका विभिन्न योजनाका नाममा सरकारले ४५ अर्बभन्दा बढी थप दिएको छ । निर्वाचन घोषणा भइसकेपछि गरिएको यो निकासा प्रचिलत नियम र निर्वाचन नैतिकताको उल्लङ्घन हो ।  

 ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७’मा आर्थिक वर्ष सुरु भएको पहिलो तीन महिनासम्म सरकारले रकमान्तर, स्रोतान्तर र थप निकासा गर्न नपाउने व्यवस्था छ । यस प्रावधानअनुसार पनि थप निकासा अनियमित देखिन्छ ।

KFC Island Ad
NIC Asia

अहिले थप निकासा गरिएका वा ‘स्रोत सुनिश्चित गरिएको’ भनिएका योजनाहरू बजेटमा परेका छैनन् । यसैले तिनको कार्यान्वयन हुने सम्भावना भने कमै हुन्छ । मूलतः चुनावका बेला सम्बन्धित मतदातालाई प्रभावित पार्न नै यस्ता योजनामा रकम निकासा गरिएको देखिन्छ ।

राज्यको ढुकुटीबाट नियमविपरीत निर्वाचनलाई प्रभावित पार्ने नियतले रकमान्तर, स्रोतान्तर वा थप निकासा दिनु दण्डनीय कसुर पनि हो । राजनीतिक नेतृत्वले दबाबै दिए पनि सरकारी कर्मचारीहरूले नियमविपरीतका कार्य हुन रोक्नुपर्थ्यो ।

Royal Enfield Island Ad

चुनाव घोषणा गरिएपछि बाँके, रूकुम, सुर्खेत, डँडेलधुरा, सिन्धुपाल्चोक, काठमाडौं आदि  जिल्लामा बजेटमा नभएका योजनाका लागि पैसाको व्यवस्था गरिएको छ । नियमले नै रोके पनि यही बेला थप निकासा गर्नुको तात्पर्य निर्वाचनमा प्रभाव पार्नु नै हो भन्ने स्पष्टै बुझिन्छ ।

निर्वाचन आयोगले रोक नलगाएको भन्दै अर्थ मन्त्रालयका कर्मचारीहरूले बजेटमा नपरेका योजनामा रकम निकासा दिने कार्यको प्रतिरक्षा गर्न खोजेका छन् । तर, पहिलो चौमासिकमा रकमान्तर, स्रोतान्तर र थप निकासा गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७’ले निषेध गरेको तथ्य भने उनीहरूले लुकाएको देखियो ।

निर्वाचन आयोगले शुकवार विज्ञप्ति जारी गरेर निर्वाचनको मिति घोषणा भएपछि वार्षिक बजेट तथा कार्यक्रममा नपरेका योजनामा पैसा दिँदा निर्वाचनको स्वच्छतामा प्रतिकूल असर पर्ने सम्झाएको छ । अर्थ मन्त्रालयका कर्मचारीले भने आयोगको आँखा छल्दै धमाधम अनियमित निकासा दिन व्यस्त छन् । 

सम्बन्धित कर्मचारीलाई नै व्यक्तिगतरूपमा जिम्मेवार बनाउने नगर्दासम्म  यस्तो अनियमित र अनुचित निर्णय रोकिँदैन भन्ने निर्वाचन आयोगका पदाधिकारी पनि पक्कै बुझेका छन् । यसैले निर्वाचनमा प्रतिकूल प्रभाव पर्न नदिन सम्बन्धित कर्मचारीमाथि अविलम्ब कानुनबमोजिम कारबाही गर्न निर्वाचन आयोग नहिचकिचाओस् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १५:४४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro