अर्थ व्यवसाय
काठमाडौं । आईएमई पे र फोन पेबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार क्यूआर स्क्यानमा एकलाख रुपैयाँसम्म जित्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ ।
साथै फोनपेले दसैँमा १० दिनको र तिहारमा पाँच दिनको अफर सार्वजनिक गरेको छ । जसमार्फत प्रयोगकर्ताहरूले हरेक दिन आईएमई पेमार्फत फोनपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा एकलाख रुपैयाँम्म जित्न सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १७:१८
प्रतिक्रिया दिनुहोस्