site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
भारतीय कमेडियन राजु श्रीवास्तवको निधन
SkywellSkywell

काठमाडौं । भारतीय कमेडियन राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । भारतका प्रख्यात कमेडियन राजु श्रीवास्तव हास्यव्यंग्य जगतका एक सुप्रसिद्ध नाम थिए । 

अगष्ट १० तारिखका दिन हार्ट अट्याक भएर दिल्लीको एम्स अस्पतालमा भर्ना भएका श्रीवास्तवलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बीचमा उनी होसमा आएर १५ दिनपछि भेन्टिलेटरबाट बाहिर पनि निकालिएका थिए । तर, सेप्टेम्बरको पहिलो दिन उनलाई ज्वरोले समातेको र त्यसपछि पुनः भेन्टिलेटरको सहयोगमा रहेका थिए । 

Dabur Nepal
NIC Asia

श्रीवास्तव भारतीय हास्यव्यंग्य क्षेत्रमा सन् १९८० देखि नै कार्यरत रहे पनि उनको प्रतिभाको परिचय भने सन् २००५ को स्ट्यान्डअप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जदेखि सर्वसाधारणमा फैलिएको थियो । 

उनले बलिउडका ‘मैने प्यार किया’, ‘बाजिगर’ जस्ता सिनेमामा अभिनय पनि गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro