राजनीति
राष्ट्रपतिको कदमबारे सत्ता गठबन्धनले वक्तव्य जारी गर्नेकाठमाडौं । सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमबारे वक्तव्य जारी गर्ने भएको छ ।
सोही विषयमा छनलफल गर्नका लागि अहिले बालुवाटारमा गठबन्धनको बैठक जारी छ ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वक्तव्य जारी गर्ने तयारी भइरहेको बताए । भने, “राष्ट्रपतिको कदमविरुद्ध वक्तव्य जारी गर्दैछौँ ।”
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको प्रमाणीकरण समयसीमा सकिए पनि प्रमाणीकरण नगरेपछि गठबन्धनको बैठक बसेको हो ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ११:५२
प्रतिक्रिया दिनुहोस्