site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक ‘ट्रियो’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । 

Agni Group
NIC Asia

अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । पेट्रोल अटोको तुलनामा महिन्द्रा ट्रियोमा ग्राहकले वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने कम्पनीले दाबी गरेको छ । महिन्द्रा ट्रियो १० हजारभन्दा बढीे बिक्री भएको छ ।

नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले विद्युतीय थ्री व्हिलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको कम्पनीले जनाएको छ । परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीले दाबी गरेको छ ।

Global Ime bank

ट्रियोमा जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध रहेको छ ।

पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

पेट्रोल थ्री व्हिलरको तुलनामा बढी बचत गर्ने, उत्कृष्ट पर्फेमेन्स, उन्नत लिथियम आयोन ब्याट्री, थकानमुक्त ड्राइभिङ अनुभव, आकर्षक डिजाइन, विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो  मोबिलिटी प्लेटफार्म लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

यसका साथैं टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हिलको व्यवस्था रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu