काठमाडौं । टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यो नयाँ मोडलमा टीभीएस स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरू छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्याेगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त स्मार्ट कनेक्ट टीएम कनेक्टिभिटी प्ल्याट्फर्म सहितको स्कुटर सार्वजनिक गरिसकेको छ ।
यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डीएनडीलगायत अन्य थुप्रै कनेक्टिभिटी फेसनहरू समावेश गरिएको छ ।
पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो रहेको कम्पनीको भनाइ छ ।
यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिल पहिले भन्दा हलुका रहेको छ, जसले गर्दा स्कुटर चलाउदाँ सहज हुने कम्पनीले बताएकाे छ ।
नेपाल सधैँ आफूहरूका लागि प्रमुख बजार भएको टीभीएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले बताए ।
टीभीएस एनटर्क १२५ रेस एक्स पी नेपालमा लन्च गर्न पाउँदा हर्षित भएको उनकाे भनाइ छ ।
“ टीभीएस एनटर्क १२५ रेस एक्स पी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेसन प्रदान गर्दछ” उनले भने, “स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिबद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरूसहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ ।”
टीभीएस एनटर्क १२५ रेस एक्स पी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्ने जगदम्बा मोटर्सका म्यानेजिङ डाईरेक्टर साहिल अग्रवालले बताए ।
यसको नयाँ विशेषता ब्लूटुथ इनेबल्ड छ । जसलाई टीभीएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टाछुट्टै भोइस कमान्डहरू लिन्छ । यसले गर्दा राइडरहरूले ड्राइभ गर्दागर्दै पनि कुनै पनि ब्लूटुथ कनेक्टेड डिभाइसमार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरू कन्ट्रोल गर्न सक्नेछन् ।
त्यस्तै अपडेटेड र रिफ्रेस्ड यूएल यू एक्स एवं राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टीभीएस कनेक्ट एपले राइडरहरूलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिक रूपमा देखाइन्छ । यसैगरी यसमा नियमित आवतजावत गरीरहने रुटहरू सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ ।
यसमा भएको टीभीएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमी प्रतिघण्टासम्म बढाउन सकिन्छ ।
यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडी टेल ल्याम्प राखिएको छ र नामअनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स पनि रहेको छ । साथै स्पोर्टी रेड ह्विल्सले यो स्कुटरलाई झनै स्टाइलिस देखाएको छ ।
यसको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।