site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्राहकहरू भारतीय बजारमा जान थालेपछि भैरहवामा दसैँ सस्तो बजार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बुटवल । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सञ्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।

नेपालीहरूको चाडमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सस्तो बजारको आयोजना गरिएको संघका अध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए । स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरूबारे उपभोक्ताहरूलाई सचेतना गराउने बजारको उद्देश्य रहेको उनको भनाइ छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभिन्न उद्योगी, व्यावसायीहरूसँगको सहकार्यमा उपभोक्ताहरूलाई सर्व शुलभ रूपमा एकै थलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताए ।

चार दिनको बजारबाट भैरहवा बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचार प्रसार हुने र आम उपभोक्ताहरूले सर्व शुलभ रूपमा उपभोग्य वस्तुहरू खरिद गर्ने अवसर प्राप्त गर्ने कार्कीको भनाइ छ ।

Royal Enfield Island Ad

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको सहभागिता रहने दसैँ बजारमा साल्ट ट्रेडिङ सहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङग्रे अटोमोबाईल सहितका १५ देखि १७ वटा स्टलहरू रहने उनले जानकारी दिए 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro