site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भृकुटीमण्डपमा दसैँ लक्षित डिजी पे स्टक क्लियरेन्स मेला
SkywellSkywell

काठमाडौं । शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ आयोजना हुने भएको छ । दसैँका लागि सस्तो मूल्यमा बस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको इभेन्ट सोलुसन प्रालिले जनाएको छ ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन गरेको छ । 

Dabur Nepal
NIC Asia

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजिटल पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैँ विशेष छुट पाउने छन् । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैँको बेला सस्तो मेला’ नारा दिइएको प्रधानले बताए ।

मेलामा दसैँका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । 

मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ । उक्त मेला असोज ७ गतेदेखि १० गतेसम्म चल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu