site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बास्केटबल टोली सर्बिया जाने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिप–२०२२ मा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाली टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे । 

जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने टोलीको प्रशिक्षकमा सदिश प्रधान छन् । टिममा खेलाडीहरू सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम श्रेष्ठ, कोनोर गुरुङ, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् । प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।

बिदाइ कार्यक्रममा नेपाल स्कुल स्पोर्ट्स महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस महासंघका सचिव राजकुमार कार्कीको उपस्थिति रहेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement