site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
सिटामोलको अभाव र उपभोक्ताको दबाब

नेपाल यतिबेला लामखुट्टेको टोकाइबाट हुने रोग डेङ्गुको मार खप्न बाध्य छ । कोरोनाको मार खपेर टाउको उठाउन नभ्याउँदै तराईका केही जिल्लाहरूबाट सुरु भएको डेङ्गु रोगले राजधानी काठमाडौंलगायतका जिलाहरूमा झन्डै महामारीको रूप लिइसकेको छ । उच्च ज्वरो आउनु, जिउ दुख्नु, शरीर चिलाउनेजस्ता डेङ्गु रोगका प्रारम्भिक लक्षण हुन् । यहाँ डेङ्गु रोग के हो यो कसरी सर्छ र यसबाट बच्ने उपायहरूका बारेमा नभएर यसबाट बच्न अति आवश्यक पर्ने तर अहिले बजारमा चर्को अभाव रहेको सिटामोलका बारेमा चर्चा गर्ने जमर्को गरेको छु । 

ज्वरो आउँदा नभई नहुने औषधि हो सिटामोल । अहिले डेङ्गुको कारण यसको खपत र माग अत्याधिक छ बजारमा ।

KFC Island Ad
NIC Asia

माग बढी भएसँगै आपूर्ति कम हुनु अर्थशास्त्रको सामान्य सिद्धान्त अन्तर्गत नै पर्छ । तर बजारको मागै धान्न नसक्ने गरी सिटामिलको माग बढेको भने होइन । उसो भए बजारमा सहजरूपमा सिटामोल किन पाउन सकिएको छैन त ? तथ्य खोतल्ने प्रयास गरौँ ।

चर्को अभाव देखिनुको पछाडि पछि नपाइएला कि भनेर अनावश्यकरूपमा जोहो गर्ने हामीमध्येकै केही उपभोक्ताको मानसिकता पनि होला तर त्यसभन्दा बढी अरू नै कारण छन् जसले बजारमा सिटामोलजस्तो अति आवश्यक औषधिको अभाव हुन पुगेको छ । बुझ्दै जानेक्रममा थाहा भयो - यो सरकार र औषधी उत्पादक संघका बीचमा कुरा नमिलेर भएको हो । एक रुपिया पर्ने सलाईको दुई, दुईबाट पाँच पुर्‍याउन हुने, बजारमा अधिकांश बस्तुको मूल्य रातारात झन्डै दोब्बर हुँदा सरकार नबोल्ने तर दशकौं पहिलेको आफ्नो स्थापना कालको सिटामोलको मूल्य एक रुपियाँबाट बढाएर दुई रुपियाँ पार्छौँ भन्दा सरकारको टाउको किन दुखेको रहेछ ? सुन्दा यो तर्क ठीकै लागे पनि तर सम्बन्धित निकायलाई सही नलागेपछि अरूको के लाग्छ  !

Royal Enfield Island Ad

केही वर्ष अघिसम्म पनि औषधिमा भारतसँग पूर्णरूपमा निर्भर रहेको नेपाल यहाँ स्थापित डिजेपिएल, लोमस, एसिएन, नेसनललगायतका वभिन्न फर्मास्युटिकल्स (औषधि निर्माता)हरूको प्रयास र लगानीबाट देश आत्मनिर्भरतातर्फ उन्मुख हुनु खुसीको विषय हो । चर्का नारा र घोषणपत्रमा सुविधासम्पन्न अस्पताल अनि जनताको स्वास्थ्यको पूर्ण ग्यारेन्टी गर्ने सरकार किन जनस्वास्थ्य माथिनै खेलबाड गर्दै छ ? राज्यमा औषधिको बन्दोबस्ती मिलाउन खडा गरिएको औषधि व्यवस्था विभाग के हेरेर बस्दै छ ? यावत प्रश्नहरू उब्जिएका छन् ।

जवाफ मुखले हैन कामले दिनुपर्ने बेला आएको छ । यतिबेला जनता बरू उचित मूल्य बढाऊ तर सिटामोलको अभाव नगराऊ भन्न थालेका छन् । कतै सामान्य सिटामोलको विषयले अन्तर्राष्ट्रिय जगत्मै नेपालको नाम धमिलो नहोस् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro