site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनको इज्युम सहरमा सामूहिक चिहान भेटियो 
Siddhartha BankSiddhartha Bank

युक्रेन (किभ) । युक्रेनले रुसको नियन्त्रणबाट फिर्ता लिएको केही दिनपछि इज्युम सहर बाहिर सयौँ व्यक्तिको सामूहिक चिहान फेला परेको बताएको छ । 

युक्रेनी फौज अघि बढ्ने क्रममा एउटा जंगलमा फेला परेको ती चिहानमा गाडिएका शवका क्रसमा संख्या मात्र उल्लेख गरिएको बताइएको छ । 

युक्रेनको स्थानीय निकायले शुक्रबार केही चिहानबाट शव निकाल्ने योजना रहेको बताएको छ । ती पीडितहरूलाई के भएको होला भन्ने स्पष्ट भएको छैन । तर, प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूमध्ये केहीको गोलाबारीमा घाइते भएर उपचार नपाएपछि मृत्यु भएको हुनुपर्ने अनुमान गरिएको छ । 

Agni Group
NIC Asia

युक्रेनको राष्ट्रिय प्रहरी सेवाका प्रमुख इहोर क्लिमेन्कोले अधिकांश शव सर्वसाधारणको भएको र त्यहाँ सेनाका शव पनि गाडिएको हुनुपर्ने विश्वास गरिएको बताएका छन् । 

यसअघि युक्रेनको सरकारी निकायले त्यहाँ चारसय वटा भन्दा बढी शव गाडिएको हुनुपर्ने बीबीसीलाई बताएको थियो ।

Global Ime bank

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोल्याकले केही स्वतन्त्र गरिएका क्षेत्रका थुप्रै स्थानमा सामूहिक चिहानहरू पmेला परेको बताएका छन् । 

संयुक्त राष्ट्र संघले केही दिनमा त्यहाँ एक अनुगमन टोली पठाउने बताएको छ । 

युुद्धका सुरुका दिनमा आक्रमणमा परेको इज्युम सहरलाई रुसले पूर्वतर्फ फौज परिचालन गर्ने प्रमुख सैनिक केन्द्रको रूपमा प्रयोग गर्दै आएको थियो ।  

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu