अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ अफर ल्याएको छ ।
यस अफरमा ग्राहकहरुले पाँच लाखसम्मको नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजारसम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा पाउनेछन् ।
सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १२:२९
प्रतिक्रिया दिनुहोस्