site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तीन महिनामा ५० करोड रुपैयाँको प्लाइउड निर्यात

सुरुङ्गा । पछिल्लो तीन महिनामा मात्रै नेपालले ५० करोड रुपैयाँको प्लाइउड विदेश निर्यात गरेको छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र साउन महिनामा मात्रै ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाका सचिव दिनेश चापागाईँको भनाइ छ । 

मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको चापागाईँले बताए । त्यस्तै, मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उनको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको उनले बताए ।  

विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक सङ्घ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ । 

Global Ime bank

हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहगोग पुर्‍याउनुपर्ने नेपाल भेनियर उत्पादक सङ्घ झापाका अध्यक्ष दीपक पाण्डेले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय