site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस गर्ने निर्णय गरेको छ । 

आइतबार साँझ बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । 

संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइपछि मात्र नियुक्त हुने प्रावधान छ ।

प्रधान अहिले नेपाल कानुन समाजका कार्यकारी निर्देशक छन् ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्