site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मधेस प्रदेश ः म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ ।

बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् । 

दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रदेशमा सबैभन्दा बढी सप्तरीमा आवेदन परेको छ । सप्तरीमा एक हजार एकसय ६८ पुरुष र चार सय ३५ महिला गरी १६ सय तीन जनाले आवेदन दिएका छन् । 

यस्तै, सबैभन्दा कम आवेदन पर्सामा परेको छ । पर्सामा दुईसय २९ महिला र चारसय ६३ पुरुष गरी छ सय ९२ जनाले आवेदन दिएका छन् ।

Global Ime bank

सर्लाहीमा पुरुष एक हजार ६३ र महिला तीनसय ५९ जनाले आवेदन दिएको प्रहरी उपरीक्षक तथा प्रवक्ता तिम्सिनाले जानकारी दिए । 

सिरहामा तीनसय ७५ महिला र सातसय १९ पुरुष गरी एक हजार ९४ जनाको आवेदन परेको छ ।

धनुषामा आठसय २२ पुरुष र दुईसय ६२ महिला गरी एक हजार ८४ आवेदन परेको छ ।

महोत्तरीमा पाँचसय २५ पुरुष र दुईसय ६० महिला गरी सात सय ८५ वटा आवेदन परेको छ । 

यस्तै, रौतहटमा सबैभन्दा कम महिलाले आवेदन दिएका छन् ।  रौतहटमा एकसय ३६ महिला र आठसय ७० पुरुष गरी एक हजार छ जनाको आवेदन परेको छ ।

बारामा दुईसय ४२ महिला र चारसय ८६ पुरुषको आवेदन परेको छ । 

बिहीबारदेखि जिल्ला प्रहरी कार्यालबाट आवेदन लिन सुरु गरिएकाे हाे । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म आवेदन बुझाउने समय तोकिएको छ । आवेदन असोज ६ गतेसम्म मात्र लिइनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC