site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जापानमा सुष्मालाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।

जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार काश्यसहित कूल ११ पदक हासिल गर्यो । नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदकमा चित्त बुझाउन बाध्य भए । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाएका थिए । तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८–१७, ५–४ स्तब्ध भए ।

यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जितेका छन् । ८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल कुमाल जापानका साइतो सोसँग फाइनलमा पराजित भए । महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित भइन् । क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो भए । यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले काश्य पदक जितेका छन् ।

Global Ime bank

जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement