काठमाडौं । आईएमई पे डिजिटलले दसैँ तिहारलक्षित अफर ल्याएको छ । अफर आसोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुने छ ।
दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आईएमई पे मार्फत अफर अवधिभर कुनैपनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिसहोमको २०० एमबीपीएसको एक वर्षे फाइबरनेटका अतिरिक्त आई टीभीको प्याकेज, दराजको हजारौँ भाउचर कोड व्यवस्था रहको छ ।
साथै एकजना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर पनि उपहार स्वरूप प्रदान कम्पनीले जनाएको छ ।
अफर अवधिभर आईएमई पेबाट क्यूआर भुक्तानी गर्ने पाँचजना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच चारवटा मोबाइल, मोबाइल रिचार्ज गर्ने एकजना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटू, हवाई टिकट काट्ने दुईजना भाग्यशाली विजेताले एकतोला २४ क्यारेट सुन, आईएमई पेमा बैंकको खाता लिङ्क गर्ने दुईजना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन पलस र आईएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने दुईजना भाग्यशाली विजेताले ५५ इन्चको सामसुङ स्मार्ट टीभी प्राप्त गर्नसक्ने कम्पनी जनाएको छ ।
आईएमई पे मार्फत क्रिस्टल डाइग्नोस्टिक सेन्टरमा भुक्तानी गर्दा प्रयोगकर्ताहरूले १५ प्रतिशत र हिमाल डेन्टलमा १५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्नेछन् ।
साथै आईएमई पेको प्रयोगकर्ताले आईएमई पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप पनि पाउनेछन् ।
उपहार प्राप्त गर्नका लागि आईएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने कम्पनीले जनाएको छ ।
साथै आईएमई पे एपमा क्यास–इन र क्यास–आउट बाहेक अरू सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ ।