site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
बलात्कार आराेपीको हत्या गर्ने किशोरीलाई डेढ लाख डलर जरिबाना 
SkywellSkywell

अमेरिका । अमेरिकाको आइओवा राज्यको एक अदालतले आफूलाई बलात्कार गरेको भनिएका व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेबापत एक जना किशोरीलाई पाँच वर्ष लामो सुरक्षा निगरानी परीक्षण कालमा राख्न आदेश दिएकाे छ ।

साथै, अदालतले क्षतिपूर्तिबापत ती किशाेरीले मृतकका परिवारलाई एक लाख पचास हजार अमेरिकी डलर दिनुपर्ने निर्णय सुनाएको छ । 

Dabur Nepal
NIC Asia

१७ वर्षिया पिपर लेविसलाई गतवर्ष सन् २०२० को जुनमा डेस मोइनेस निवासी ३७ वर्षीय जाचरी ब्रुक्सको हत्या गरेको र चोट पटक पुर्‍याएको अभियोगमा मुद्दा दायर भएको थियो । वास्तवमा ती दुवै अभियोगका लागि अधिकतम १० वर्ष लामो कारावास सजाय हुन सक्थ्यो । 

मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेविड एम. पोर्टर मुद्दाको फैसला सुनाउने क्रममा यदि लेविसले परीक्षण कालमा कुनै पनि नियम उल्लंघन गरेको खण्डमा उनलाई २० वर्ष कैद सजाय भुक्तान गर्न जेल चलान गरिने बताएका छन् । 

१५ वर्षको उमेरमा लेविसले डेस मोइनेसको एउटा अपार्टमेन्टमा ब्रुक्समाथि ३० पटक भन्दा बढी छुरा प्रहार गरेकी थिइन् ।

आफूलाई धर्मपुत्री बनाएकी महिलाको प्रताडनाबाट भागेकी लेविस मानव ओसारपाेसार गर्ने एक व्यक्तिको चंगुलमा परेकी थिइन् ।

२८ वर्षीय ती दलालले उनलाई पुरषहरूसँग जबर्जस्ती यौन सम्पर्क राख्न लगाउने गरेका थिए । मारिनु केही साता अघि ब्रुक्सले उनलाई पटकपटक बलात्कार गरेको बताइएको छ । 

स्राेत ः एपी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro