site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाली उत्पादनका लागि नीतिगत सहजता गर्न सके १० वर्षमा देशको अर्थतन्त्र सुध्रिन्छ : गगन थापा
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमै उत्पादित सामग्रीहरू सरकारी कार्यालयमा प्रयोग गर्न सके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले सरकारी कार्यालयमा प्रयोग हुने ७० देखि ८० प्रतिशत वस्तुहरू नेपालमै उत्पादन हुनसके मुलुकको अर्थतन्त्र सुधार गर्न सकिने बताउएका हुन् ।

उनले विगतमा नेपाली उत्पादनका वस्तुहरूमा १० देखि १५ प्रतिशत बढी शुल्क तिरेर प्रयोग गर्ने नीतिले काम नगरेको भन्दै सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा नेपालमा उत्पादित सामानको प्रयोग गर्नुपर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

महामन्त्री थापाले सरकारी कार्यालयहरूमा एक वर्षमा प्रयोग हुने सम्पूर्ण सामानको ७० देखि ८० प्रतिशत नेपाली वस्तु प्रयोग गर्नसके नेपाली उत्पादन उद्योग फस्टाउने र मुलुकभित्र नै उत्पादकत्व बढ्ने बताए । उनले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले प्रयोग गर्ने जुत्ता, सरकारी कार्यालयहरूमा प्रयोग गर्ने फर्निचर नेपाली नै प्रयोग गर्न मन्त्रालयलाई सुझाव दिए ।

महामन्त्री थापाले भाटभटेनी जस्ता डिपार्टमेन्ट स्टोरहरूमा सरकारले अनुदान वा करमा छुट दिएर स्टोरमा २० प्रतिशत नेपाली उत्पादनका सामानलाई राख्ने व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारी कार्यालयमा नेपाली उत्पादनको प्रयोग, सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोरहरूमा २० प्रतिशत नेपाली उत्पादन कायम गर्नसके नेपाली उत्पादनलाई स्थापित गर्न सकिने बताए । नेपाली सामानलाई धेरै अनुदान र सहुलियत दिनुपर्ने जरुरी नभएको भन्दै निजी क्षेत्रले पनि अनुदान र सहुलियत नभएर नीतिगत सहजता खोजेको उनको भनाइ छ ।

महामन्त्री थापाले सरकारले नेपाली उत्पादनका लागि नीतिगत सहजता गर्न सके १० वर्षमा मुलुकको आर्थिक अवस्था सुधार गर्न सकिने बताए । उनले उद्योग मन्त्रालयले उत्पादन उद्योग क्षेत्रको नेतृत्व गर्न नसकेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu