site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘नमस्ते पे’ को शतप्रतिशत क्यास ब्याकसहितको फेस्टिभल क्याम्पेन सुरु
SkywellSkywell

काठमाडौं । नमस्ते पे ले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरूले विभिन्न अफर पाउनेछन् । अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् ।

प्रयोगकर्ताहरूले जति धेरै कारेबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने मौका हुनेछ । अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (वालेट टू वालेट ट्रान्सफर र लोड फण्ड बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।

Dabur Nepal
NIC Asia

नमस्ते पेमार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले एक हजार रूपैयाँ क्यासब्याक पाउनेछन् बताइएको छ । त्यस्तै अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाई टिकट निःशुल्क पाउनेछन् ।

दसैँ दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टू वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले शतप्रतिशत क्यासब्याक पाउनेछन् । त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत ब्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन् । प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइने जानकारी दिइएको छ । उक्त प्रोमोकोड तीन पटक रिडिम गर्न सकिने छ ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी, मर्चेन्ट भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu