काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)को ‘दमदार दसैँ धमाका थ्री डी’ अफर सार्वजनिक गरिएको छ । अफरअन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि सामग्री खरिदमा पोसमार्फत विद्युतीय कारोबार गर्दा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
एससीटी यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड जारी गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थामा गई प्राप्त गर्न सक्नेछन् ।
यो कार्डमार्फत एटीएममा क्यास कारोबार गर्दै आएका ग्राहकले पनि यो अफरमार्फत १२ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
१५ सय रुपैयाँबराबरको पोस कारोबारमा ५०० र तीन हजारको कारोबारमा एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने एससीटीले जनाएको छ ।