अर्थ व्यवसाय
काठमाडौं । एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार आइएमई पे एप प्रयोगकर्ताले अब एनसेलको डाटाबाट जुनसुकै बेला र जहाँसुकै निःशुल्क एप प्रयोग गर्न सक्नेछन् ।
आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त गराउने उद्देश्यले यो योजना ल्याएको आइएमई पेले जनाएको छ ।
यो सम्झौताले प्रयोगकर्तालाई प्रोत्साहन गर्ने र नेपाली ग्राहकलाई परम्परागत वित्तीय विधिबाट आधुनिक डिजिटल वित्तीय विधिहरूमा परिचालन गर्ने विश्वास लिइएको आइएमई पेले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १३:०९
प्रतिक्रिया दिनुहोस्