site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने, काठमाडौंको ट्राफिक ‘अस्तव्यस्त’ हुने सम्भावना

काठमाडौं । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । 

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन् । 

यसअघि हिजो उनले सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । 

Global Ime bank

यसैबीच, लीको सुरक्षाका लागि भन्दै कठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ । जसका कारण उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो । ली आवतजावत गर्ने रुट पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव परेको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार काठमाडौंमा करिब तीनघण्टा सवारी साधन समयमा गन्तव्यमा पुग्न पाएनन् । 

प्रहरीका अनुसार आज पनि काठमाडौं उपत्यकाका प्रमुख मार्गको ट्राफिक सोमबारको जस्तै हुन सक्नेछ ।

मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement