site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तत्काल उपभोक्ता अदालत गठन गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले उपभोक्ता अदालत गठन गर्न सरोकारवालासँग आवश्यक समन्वय र अध्ययन गरी छिटो भन्दा छिटो उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट परेको रिटमा सर्वोच्चले फैसला गरेको हो । 

नेपालको संविधानको धारा ४१ ले उपभोक्ताको हकलाई मौलिक हकको रूपमा  सुनिश्चित गरेको छ । त्यस हकलाई सुनिश्चित गर्न संघीय व्यवस्थापिकाले उपभोक्ता संरक्षण ऐन, २०७५ जारी गरेको थियो । सो ऐनको दपा ४१ बमोजिम उपभोक्ता अदालत गठन हुनुपर्ने व्यवस्था गरेको छ । तर, अहिलेसम्म पनि उपभोक्ता अदालतको गठन भने भएको छैन ।

सर्वोच्चको फैसला कार्यान्वयनमा आए लामो समयदेखि अड्किएका उपभोक्ता हक सम्बन्धी मुद्दाहरूले किनारा पाउने अपेक्षा गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro