site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न भिडियो केवाइसी सेवाको सुरुवात गरेको छ । बैंकले स्वदेश तथा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट अनलाइन खाता खोल्ने र ग्राहक पहिचान विवरण सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

बैंकको वेबसाइटमा गई अनलाइनमार्फत खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ । जसमा ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडियो कल गरी उक्त कलमार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भी–केवाइसीमार्फत आफ्नो केवाइसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकूल समयअनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भी–केवाईसी को भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने छ ।

ग्राहकले भिडियो केवाईसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालो र निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनु पर्नेछ ।

Royal Enfield Island Ad

हाल बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro