site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

आवधिक निर्वाचनको सफलता दल वा व्यक्तिको हारजितमा मात्र सीमित हुँदैन । बरु, निर्वाचनमा दलहरूका तर्फबाट उठाइएका उमेदवारहरूको छवि र प्रस्तुतिमा शासन प्रणालीकै सफलता निर्भर हुन्छ ।
 
प्रतिनिधि सभा र प्रदेश सभाको आगामी निर्वाचनप्रति राजनीतिक दलहरूका साथै स्वतन्त्र व्यक्तिहरूले पनि निकै उत्साह देखाएका छन् । स्थानीय तहको निर्वाचनमा त जनसाधारणले समेत व्यापक रूचि र चासो देखाएका थिए ।
 
निर्वाचनप्रति देखिएको चासो र उत्साह लोकतन्त्रको सुदृढीकरणका लागि सकारात्मक पक्ष हो । कारणऽ आवधिक निर्वाचन महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यास भएकाले देश र समाजमा यसको दीर्घकालीन प्रभाव पर्छ ।
 
लोकतान्त्रिक अभ्यासलाई यथार्थमै सफल बनाउन त्यसमा सहभागी पात्रहरूको योग्यता सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यसैले राजनीतिक दलहरूले निर्वाचनमा उमेदवार छान्दा विशेष ध्यान दिनुपर्छ ।
 
दुर्भाग्य, ठूला राजनीतिक दलहरूले उमेदवार छान्दा व्यक्तिको छवि र चरित्रलाई महत्त्व नदिएको सङ्केत देखिन थालेको छ । कर्तव्य ज्यानको अभियोगमा थुनामा रहेका व्यक्तिदेखि अपराधी पृष्ठभूमिका बाहुबलीसमेत उमेदवार सिफारिस गरिएका छन् । 
 
सिफारिसमा पर्दैमा तिनले उमेदवारी पनि पाउँछन् नै भन्ने नभए पनि त्यसबाट सम्बन्धित दलका नेताको चरित्र र मानसिकताको चित्रण हुन्छ । जनमानसमा नेताको छवि यस्तै घटनाबाट न बन्ने हो । 
 
जघन्य अपराधका अभियुक्त वा अपराधी पृष्ठभूमिका व्यक्तिलाई उमेदवार बनाउँदा सम्बन्धित दलका साथै नेताहरू पनि कलङ्कित हुन्छन् । त्यसले दलका स्वच्छ छविका उमेदवार कार्यकर्ताको पनि मनोबल कमजोर हुन्छ ।    
 
राजनीतिक दलका कतिपय नेताहरूले रौतहट वा गोरखामा उमेदवार बनाउँदा रसुवा वा गुल्मीमा के फरक पर्ला भन्ने ठानेका हुनसक्छन् । तर, यस प्रकारका कमजोरीको असर  देशव्यापीरूपमा नै असर पर्छ । 
 
यसै पनि नेपालका राजनीतिक दलहरूबीच सिद्धान्त र व्यवहारको अन्तर हराउँदै गएको छ । चुनाव जित्नैका लागि गरिने सिद्धान्तहीन गठबन्धनले जनतालाई झन् अन्योलमा पारेको देखिन्छ । 
 
यस अवस्थामा राजनीतिक दलहरूले उमेदवारको छविमा ध्यान दिएनन् भने तिनको जनाधारका साथै लोकतान्त्रिक पद्धतिकै साख गिर्नेछ । गलत व्यक्तिलाई मत नदिएर जनताले त बदला लेलान् तर त्यसको परिणाम देशले भोग्नुपर्ने हुनसक्छ ।
 
यसैले अपराधी पृष्ठभूमिका व्यक्तिलगायत विवादास्पद छविका व्यक्तिलाई उमेदवार बनाउनु प्रकारान्तरले दल र नेताका लागि पनि आत्मघाती हुनसक्छ भन्ने हेक्का रहोस् । जनताले खराबहरूबीच कम खराब होइन असलहरूमध्ये बढी असल व्यक्तिलाई आफ्नो प्रतिनिधि चुन्न पाऊन् !  
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement