देश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उनले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन् ।
आज साढे ११ बजे अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायर र उनका आफन्त तथा उपचारमा सम्लग्न चिकित्सकसँग कुरा गरेको अस्पतालले जनाएको छ ।
बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा पीडित हुँदै आएका छन् । दुवै मिर्गौलामा समस्या देखिएकाले हाल उनले उक्त अस्पतालमा उपचार गराइरहेका छन् । रासस
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९ १३:१५
प्रतिक्रिया दिनुहोस्