अर्थ व्यवसाय
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विकासका लागि `पूर्वाधार मास्टर प्लान´को आवश्यकता रहेको औँल्याएका छन् । दुई दिने पूर्वाधार सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अग्रवालले अहिलेको विकासको गति बढाउन सरकारीस्तरबाट नै `पूर्वाधार मास्टर प्लान´को खाँचो रहेको बताएका हुन् ।
त्यस्तै, उनले नेपालमा सूचना प्रविधिसँग सम्बन्धित व्यवसायको सम्भाना व्यापक रहेको पनि बताए । यस क्षेत्रमा युवा पुस्ताको आकर्षण रहेकाले देशमै युवाशक्ति रोक्न र देशलाई विकासको पथमा अगाडि बढाउन यो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
लगानकर्ताले यो क्षेत्रमा लगानी गरे पछुताउनुपर्ने ठाउँ नरहेको उनको भनाइ छ ।
सम्मेलन भोलिसम्म चल्ने छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १७:३५
प्रतिक्रिया दिनुहोस्