site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शुक्रबार रिलिज हुने सिनेमाले अझै पाएनन् शो, निर्देशक भन्छन्– यो त अति भयो !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ भोलि (शुक्रबार)बाट रिलिज हुँदै छन् । सेन्सर गराएर प्रिमियरसमेत गरिसकेका यी चलचित्रको बिहीबार ११ बजेसम्म बुकिङ भने खुला भएको छैन । कारण सिनेमा हलले शो उपलब्ध गराएका छैनन् । हलले शो उपलब्ध नगराउँदा दर्शकले बुकिङ गर्न पाएका छैनन् । 

समयमै शो उपलब्ध नराउँदा शुक्रबारको व्यापार प्रभावित हुने देखिएको छ । समयमै शो नपाउँदा इनिसियल विजनेसमा प्रभाव पर्छ । 

हिन्दी सिनेमा ‘ब्रम्हस्त्र’ सेन्सर नभएका कारण नेपाली चलचित्रलाई पनि सिनेमा हलले शो उपलब्ध नगराएका हुन् । यसको प्रत्यक्ष असर नेपाली चलचित्रलाई पर्ने भएको छ । भोलिबाट दुईवटा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा बिनिथ द ब्रेभरी’ रिलिज हुँदैछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कतिपय प्रतिक्षित चलचित्रको बुकिङ सोमबार नै मल्टिप्लेक्सहरूले खुलाउने गरेका छन् । ‘ब्रम्हस्त्र’लाई कुरेका मल्टिप्लेक्स बिहीबारको मध्याह्नसम्म पनि शो बाँडफाँट गरेका छैनन् । 

किन शो बाँडफाँट समयमै गरिएन भन्दै जवाफ खोज्न ‘ऐना झ्यालको पुतली’का निर्माता अहिले चलचित्र विकास बोर्ड पुगेका छन् । बोर्ड चलचित्र क्षेत्रको सर्वोच्च सरकारी निकाय हो । 

Global Ime bank

‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले किन समयमा शो उपलब्ध नगराएको भन्दै प्रश्न गरेका छन् । “किन र के कारण मलाई थाहा छैन । तर, जिम्मेवार निकायले यसको जवाफ दिनुपर्छ,” उनले भने, “भोलि बिहान रिलिज छ । अहिलेसम्म शो बाँडफाँट भएको छैन । आफन्त र चिनेजानेकाले कसरी सिनेमा हेर्ने, शो र बुकिङ छैन भनिरहनु भएको छ । म के जवाफ दिउँ ? यो गैरजिम्मेवारीको पराकाष्ट हो । यो त अति नै भयो ।”

चलचित्र ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारी तत्काल शो बाँडफाँट गरेर बुकिङ खुला गर्नुपर्ने बताउँछन् । दर्शकले चाहेर पनि बुकिङ गर्न नपाउनु राम्रो नभएको उनी बताउँछन् । “हाम्रो चलचित्र प्रकाश रिलिज हुँदा पर्याप्त शो नदिएर लफडा भयो । अहिले ऐना झ्यालको पुतली रिलिजको एकदिन अगाडिसम्म पनि शो निकालेको छैन । यसले निर्माताहरूलाई ठूलो असर गर्छ ।” 

प्रदर्शकको यस्तो व्यवाहारले अन्ततः निर्मातालाई निराश बनाउने उनको भनाइ छ । हिन्दी चलचित्रकै कारण अहिलेको अवस्था आएको भन्दै यस्तो अवस्था तत्काल अन्त्य हुनुपर्नेमा उनको जोड छ । 

“हामी हाम्रो आवाज उठाउन पत्रकार सम्मेलन गर्न रिपोटर्स क्लव पुग्यौं । आज उहाँहरुको अवस्था त्यस्तै आइसक्यो,” महेन्द्र भन्छन्, “यस्तो बेतिथिविरुद्ध आवाज उठाउन म सधैँ तयार छु । हाम्रो प्रकाश टिम तयार छ । यो बेथितिविरुद्ध निर्माताहरूले खुलेर आवाज उठाउनुपर्ने अवस्था आएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय