फोटो फिचर
1662567842.jpg)
काठमाडौं । इन्द्रजात्राको पहिलो दिन आज काठमाडौंका विभिन्न टोलमा लाखे तथा पुलुकिसी निकालिएको छ । आज बिहान हनुमानढोकामा इन्द्रध्वज उठाएसँगै सुरु भएको आठ दिन लामो जात्राको पहिलो दिन लाखे, पुलुकिसी निकालिएको हो ।
त्यस्तै आजको दिन दिवंगत भएका आफ्नो परिवारका सदस्यको सम्झनामा दियो बाली उपाकू यात्रामा हिँड्ने चलन पनि छ । आज साँझको समयमा श्री कुमारी, गणेश र भैरवलाई पुजाका लागि तलेजू मन्दिर लगिएको थियो ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ २२:१०
प्रतिक्रिया दिनुहोस्