site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भलिबल संघको नेतृत्वका लागि मास्के र चन्द भिड्दै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्वका लागि उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिस्पर्धा गर्दै छन् । त्यसका लागि आज संघको चुनावी साधारण सभा हुँदै छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने साधारणसभाले अब चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उपाध्यक्ष मास्केले केहीअघि नै अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेकी थिइन् । चन्दले यही भदौ १९ गते अध्यक्ष पदका लागि लड्ने घोषणा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ महामारी र नयाँ ऐनका कारण संघको चुनाव दुई वर्ष ढिला गरी हुन लागेको हो । चन्दको समूहबाट हालका सदस्य रोशन श्रेष्ठले महासचिवमा उमेदवारी घोषणा गरेका छन् ।

भदौ ९ गते महासविचमा उमेदवारी घोषणा गरेका हालका सचिव मनवीर छन्त्यालले मास्केलाई सघाउने बताएका छन् । त्यसकारण मास्के र छन्त्यालको टिम बनेको छ । चन्दलाई श्रेष्ठको साथ छ । छन्त्याल ढोरपाटन क्लबका संस्थापक हुन् । श्रेष्ठ भोजपुरबाट प्रतिनिधित्व गर्छन् ।

Global Ime bank

संघको ३९ सदस्यीय कार्यसमितिमा २५ जना निर्वाचनबाट चुनिनेछन् । १३ मनोनीत र एकजना निवर्तमान अध्यक्षको हैसियतमा स्वतः कार्यसमितिमा रहनेछन् ।

भलिबल संघमा १३६ मतदाता रहे पनि नयाँ ऐन जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीका रूपमा संघमा रहेका तीनजनाले राजीनामा दिएपछि यसपल्टको निर्वाचनमा १३३ जनाले मतदान गर्नेछन् ।

७७ जिल्लाबाट ७ ७जना, सात प्रदेशबाट दुईजनाका दरले १४, कार्यसमितिका ३९ मध्ये ३६, तीन क्लब (न्यु डायमन्ड स्पोर्ट्सस, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र), रेफ्री कमिसनबाट एकजना, राष्ट्रिय टिमका कप्तान दुई (महिला र पुरुष) गरी १३३ जनाले मतदान गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय