site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी युवा खेलाडीले लिन सक्छन् रोहित, विराट र रवीन्द्रको स्थान 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतीय क्रिकेट टिमले शनिबार १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जित्यो । तर, विश्वकप उपाधि उचालेको केही घण्टाभित्रै भारतीय टिमका तीन दिग्गज क्रिकेटरले सन्न्यासको घोषणा गरे । 

जसमा छन्, कप्तान रोहित शर्मा, विराट कोहली र रवीन्द्र जडेजा । पहिल्लो डेढ दशकयता क्रिकेट टिमका नियमित सदस्य बनेका यी तीन खेलाडीको स्थान भर्पाइ गर्न भारतीय क्रिकेट टिम (बीसीसीआई) अहिले नयाँ अनुहारको खोजीमा छ । 

रोहित सन् २००७ देखि अर्थात् १७ वर्षदेखि भारतीय टिममा निरन्तर थिए । यस्तै, विराट कोहली १४ वर्षदेखि र रवीन्द्र१५ वर्षदेखि क्रिकेटको सानो संरचनामा राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका थिए । यी तीन खेलाडीको स्थानमा शुभमन गिल, यशस्वी जयसवाल र ऋतुराज गायकवाडले भारतीय क्रिकेट टिमको शीर्ष क्रम ब्याटिङ अर्डरमा दाबेदारी दिन सक्नेछन् । 

Agni Group
NIC Asia

कप्तानको रूपमा युवा ब्याटर गिल अलराउन्डर हार्दिक पन्ड्या र विकेटकिपर ब्याटर ऋषभ पन्तसँगै दाबेदारमा छन् । कोहलीबाट सुरुआत, लगत्तै रोहित र रवीन्द्रको घोषणा शनिबार बार्बाडोसमा भएको फाइनलपछि भएको थियो । दक्षिण अफ्रिकाविरुद्ध सात रनको साँघुरो जित निकाल्दै भारतले १३ वर्षपछि आईसीसी प्रतियोगिता र १७ वर्षपछि आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । 

त्यसको केही मिनेटपछि नै वर्तमान पुस्ताको सबैभन्दा उत्कृष्ट ब्याटर कोहलीले सन्न्यासको घोषणा गरे । “यो भारतको लागि मेरो अन्तिम ट्वान्टी–२० खेल थियो । मेरो अन्तिम विश्वकप हो । म आफ्नो उत्कृष्ट दिन चाहन्थे । विश्वकप जित्नु हाम्रो लक्ष्य थियो । हामी विश्वकपको ट्रफी उचाल्न चाहन्थे । हामीले हारेको भए पनि मेरो निर्णय यही नै हुन्थ्यो । अब आगामी पुस्ताले जिम्मेवारी सम्हाल्ने समय आएको छ,” विश्वकपछि कोहलीले दिएको प्रतिक्रिया यस्तो थियो । 

Global Ime bank

कोहलीको प्रदर्शन प्रतियोगिताभर खास बन्न सकेको थिएन । फाइनलअघिका सात इनिङमा उनले ७५ रनमात्र बनाएका थिए । तर, फाइनलमा भने दक्षिण अफ्रिकाविरुद्ध उनले ५९ बलमा ७६ रनको उत्कृष्ट इनिङ खेले । भारतको जितमा कोहलीको यो इनिङ सबैभन्दा महत्त्वपूर्ण रह्यो । उनी फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए । 

कोहलीले घोषणा गरेको केही बेरमै कप्तान रोहितले पत्रकार सम्मेलनमा सन्न्यासको घोषणा गरे । “यो मेरो पनि अन्तिम खेल थियो । क्रिकेटको यो संरचनाबाट बिदा हुने योभन्दा राम्रो समय अरु हुन सक्दैन । मैले आफ्नो करिअरको सुरुआत यही संरचनाबाट गरेको थिए । म उपाधि जित्न चाहन्थे र अब सबैलाई धन्यवाद भन्न चाहन्छु,” रोहितले भनेका थिए । 

कप्तान रोहित भारतीय टिमको विश्वकप यात्रामा सबैभन्दा अघि रहे । कोहली अधिकांश समय स्वभाविक लयका लागि संघर्ष गर्दा रोहितले १५६ भन्दा माथिको स्ट्राइक रेटमा २५७ रन बनाए । उनी प्रतियोगितामा दोस्रो सबैभन्दा धेरै रन जोड्ने ब्याटर बने । रोहितले सुपर–८ मा अस्ट्रेलियाविरुद्ध र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध अर्धशतक बनाएका थिए । 

विश्वकपको उपाधि जितेको अर्को दिन अलराउन्डर जडेजाले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्यासको घोषणा गरे । “कृतज्ञतासहित म ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा भन्न चाहन्छु । गर्वसाथ दौडिने एक दृढ घोडाजस्तै मैले सधैँ आफ्नो देशका लागि उत्कृष्ट दिएको छु । अन्य संरचनामा पनि यस्तै गर्ने क्रम जारी राख्नेछु,” ३५ वर्षीय जडेजाले इन्स्टाग्राममा लेखेका छन् । यद्यपि, यस विश्वकपमा जडेजाको प्रदर्शन स्वभाविक बन्न भने सकेन । 

यी खेलाडी छन् दाबेदार 
रोहित शर्माको कप्तानीमा भारतले हालसम्म ६२ खेल खेलेको छ । जसमा भारतीय टिमले ४९ खेलमा जित निकाल्दा १२ खेलमा मात्र हार व्यहोरेको छ । रोहितअघिका कप्तान विराटको नेतृत्वमा भारतले ५० खेल खेल्दा ३० खेलमा जित र १६ खेलमा हार बेहोरेको थियो । 

भारतीय टिममा अब रोहितको बहिर्गमनपछि अलराउन्डर हार्दिक पन्ड्याले नेतृत्व सम्हाल्ने सम्भावना उच्च छ । यस्तै, इन्डियन प्रिमियर लिग (आईपीएल)बाट आफ्नो कप्तानी प्रमाणित गरिसकेका विकेटकिपर ब्याटर ऋषभ पन्त पनि यो सूचीमा छन् । तर, भारतले जिम्बाब्वेसँगको शृंखलाका लागि भने युवा ब्याटर शुभमन गिललाई कप्तान चुनेको छ । रोहित र कोहलीले विश्वकपको सबै खेलमा ओपनिङ गरे । अब यी दुईले एकसाथ छोड्दा शुभमन, यशस्वी जयसवाल र ऋतुराज गायकवाड यो स्थानका प्रवल दाबेदारीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय