विशेष
काठमाडौं । काठमाडौंमा मनाइने इन्द्रजात्रा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
हनुमानढोकामा बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हनुमानढोकामा उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रूपमा सुरु हुने परम्परा छ ।
इन्द्रजात्रालाई नेपालभाषामा ‘यें यास्’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा हो ।
काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९ ०९:५२
प्रतिक्रिया दिनुहोस्