site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विराटनगरमा एडीबीले सुरु गर्‍यो तेस्रो चरणको काम
SkywellSkywell

विराटनगर । विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको काम सुरु गरेको छ ।

एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र महानगरका पदाधिकारीसँग भेटघाटन गरी हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेका हुन् ।

KFC Island Ad
NIC Asia

एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्यान्डपुलिङका लागि डीपीआरको काम सुरु भइसकेको छ । 

निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरको विकासमा सहयोग गर्न एडीबीलाई आग्रह गरेका थिए । सोही आग्रहअनुसार एडीबीले विभिन्न परियोजनाको डीपीआर बनाउन सुरु गरिसकेको छ । हालसम्म भएको डीपीआरको अवस्थाबारे एडीबीका प्रतिनिधिले मेयर कोइराला र उपमेयर कार्कीलाई जानकारी गराएका थिए ।  

विराटनगरको विकासमा विगतमा सञ्चालित परियोजनाको समीक्षा र आगामी परियोजनाका विषयमा एडीबीको टोलीसित छलफल भएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी)का परियोजना व्यवस्थापक इन्जिनियर भरत न्यौपानेले जानकारी दिए ।

एडीबीले विराटनगरसहित पूर्वका इटहरी, दुहबी, धरान, इनरुवा र दमकमा १० वटा ठूला परियोजना सञ्चालन गर्दै छ । मेयर कोइरालाले तत्कालका लागि फोहोर व्यवस्थापन, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला र सडक निर्माण आवश्यक रहेको बताए ।

“विराटनगरका लागि तत्काल गर्नुपर्ने भनेको सडक र नाला निर्माणका साथै फोहोर व्यवस्थापन नै हो,” मेयर कोइरालाले भने, “त्यसका लागि एडीबीले काम सुरु गरिसकेको छ । हामीले डीपीआर छिटो बनाउनुहोस् भनेका छौँ ।"

क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) अन्तर्गत यसअघि विराटनगरको विकासमा नेपाल सरकारसँगको साझेदारीमा एडीबीले ६ अर्बभन्दा बढी लगानी गरिसकेको छ । एडीबीको टोलीले यसभन्दा अघि सञ्चालित परियोजनाहरूको अनुगमनसमेत गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  २२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro